ब्राउन शुगरको साथ एक महिला पक्राउ

सिलगढ़ी: संयुक्त अभियान चलाएर तीनबत्ती बस स्ट्याण्डबाट ब्राउन शुगरको साथ एक महिलालाई स्पेशल अपरेशन ग्रुप (एसओजी) र एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्राउ परेकी महिलाको पहिचान सिलगढ़ीको डीएस कोलोनी निवासी रूकसाना खातूनको रूपमा गरिएको छ। आरोपित महिलादेखि २६१ ग्राम ब्राउन शुगर जफत गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, आज बिहान संदिग्ध अवस्थामा एक महिलालाई बस स्ट्याण्डमा देखियो। जसको खबर पाउनसाथ महिलासित सोधपुछ शुरू गरियो। जब पुलिसले महिलाको तलाशी लियो तब महिलादेखि २६१ ग्राम ब्राउन शुगर उद्धार भयो। यसपछि महिलालाई पक्राउ गरियो।
पुलिस सूत्रहरू अनुसार, उद्धार गरिएको ब्राउन शुगरको बजार मूल्य ४० लाख रूपियाँ छ। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement