सरकारी बसको धक्काले एक युवकको मृत्यु

IMG-20231224-WA0174.jpg

मालदा: सरकारी बसले एक युवकलाई किचेर मारेपछि स्थानीय मानिसहरुले त्यस सरकारी बस तोडफोड गरेका छन्। सरकारी बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मालदाको चञ्चलको आशापुर राज्य राजमार्गको अस्पताल मोड क्षेत्रमा भएको यो दुर्घटनाले क्षेत्रमा निकै तनाव फैलाएको छ।
सरकारी बस तीव्र गतिमा आउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। जानकारीका अनुसार बस चालकले बस लिएर भाग्न खोजे पनि चचोल स्ट्यान्ड क्षेत्रमा स्थानीयले समातेका थिए। त्यसपछि आक्रोशित भीडले सरकारी बसमा तोडफोड गरेका थिए। तर घटनाको जानकारी पाएलगत्तै एसडीपीओ शुभेन्दु मण्डलको नेतृत्वमा ठूलो संख्यामा पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement