राज्यपालले दिए क्रिसमस पर्वको राज्यवासीलाई शुभकामना

1000468645.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यवासीलाई क्रिश्चियन समुदायको महान पर्व क्रिसमस पर्वको अवसरमा हार्दिक शुभकामना दिएका छन्। विशेष गरेर राज्यपालले इसाई धर्मावलम्बीहरूलाई बधाई दिएका छन्।

प्रभु यीशुको जीवन, प्रेम, करूणा, सहनशीलता अनि समर्पणको प्रतिको हो ,जसले मानवतालाई सदैव राम्रो मार्गमा हिँडन सिकाउने गरेको राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। राज्यपालले प्रभु यीशु ख्रीष्टको शिक्षालाई दैनिक जीवनमा समाहित गर्नुपर्नेमा जोड दिँदै एकता र भ्रातृत्वको भावनालाई अंगाल्न सबैलाई आग्रह गरेका छन्।

यस पर्वको अवसरमा सबै समुदायबीचको एकताको बन्धनलाई मजबुत बनाउन एकजुट हुनुपर्ने राज्यपालले सुझाउ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement