भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिका वार्ड नम्बर ८ सिपाडोलमा पुलिस नायव निरीक्षक (सई) मृत फेला परेका छन्। पुलिस प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत पुलिस नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर पुलिस परिसरका प्रमुख वेद विष्टले जानकारी दिए।
उनको मृत्युको कारण खुलेको छैन। उनी मृत फेला परेको जानकारी पाउनासाथ पुलिस वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर पुलिसले जनाएको छ।
About Author
Post Views: 39