ससुरालीबाट फर्किने क्रममा दुर्घटना, ज्वाइको मृत्यु

IMG-20230528-WA0320-5-300x172-7

जलपाइगढ़ीः ससुरालीबाट फर्किने क्रममा दुर्घटनामा परेर ज्वाइको मृत्यु भएको छ। व्यक्ति राजगञ्ज ब्लकको कुकुर्जन ग्राम पञ्चायतको सरियामको डाकवापाड़ाको निवासी थियो। घटना रायगंज ब्लकको स्कूलपाड़ा क्षेत्रमा आइतवार घटेको हो।पारिवारिक सूत्रहरू अनुसार, धनञ्जय शनिवार आफ्नो ससुराली गएको थियो। जसपछि राति नै ससुरालीदेखि आफ्नो घरको निम्ति निस्केको थियो। आज बिहान उसको शव नेशनल हाईवे-३१ (डी) मा भेटियो।

मृतकको आफन्त दीपक रायले भन्यो, आइतवार बिहान धनञ्जयको शव सड़कमा भटिएको छ। उसको साइकल उसको छेवैमा क्षतिग्रस्त अवस्थमा थियो। जसबाट स्पष्ट छ कि उसलाई कुनै वाहनले हिर्काएको थियो। घटनाको सूचना पाएर राजगंज थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। राजगंज थानाको प्रभारी पंकज सरकारले भने, मामिला दर्ता गरी घटनाको जाँच शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement