महिला सहित दुई बांग्लादेशी पक्राउ

IMG-20230528-WA0320-5-300x172-7

कोचबिहारः जिल्लामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ०६औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट तरूणका सतर्क सीमा जवानहरूले महिला सहित दुई बांग्लादेशी नागरिकहरूलाई घुसपैठ गरिरहेको समय समाए। पक्रा परेका बांग्लादेशी नागरिकहरूको नाम नितररन्जन मण्डल (३५) र झामु रानी मण्डल (२९) बताइएको छ।

प्राप्त जानकारी अनुसार, दुवै बांग्लादेशी नागरिकहरूलाई त्यस समय समाइयो जब उनीहरू बांग्लादेशबाट भारतमा बाड़ नभएको क्षेत्रबाट पस्ने प्रयास गरिरहेका थिए। पक्रा परेका बांग्लादेशी नागरिकहरूको गहन तलाशी लिँदा चार मोबाइल फोन र केही सामग्री जफत गरिएको छ। पक्रा परेका बांग्लादेशी नागरिकहरूसित विस्तृत सोधपुछपछि अघिको कारबाहीको निम्ति कुचलीबारी थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement