कोचबिहारः जिल्लामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ०६औं बटालियन सीमा सुरक्षा बलको तीनबीघा कोरिडोरका सतर्क सीमा जवानहरूले तीन भारतीय नागरिकहरूलाई भारी मात्रामा अवैध रूपमा मदिरा तस्करीको आरोपमा पक्राउ गरेका छन्। पक्रा परेका बांग्लादेशी नागरिकहरूको नाम राम चन्द्र दास (४२), सावित्री दास (३८) र गोपाल राय बताइएको छ।
प्राप्त जानकारी अनुसार, तीनैलाई बीएसएफ जवानहरूले त्यस समय समाए जब यिनीहरू कुचलीबाड़ी अञ्चलको सामान्य क्षेत्रमा मदिराको अवैध बिक्रीको निम्ति मेखलीगञ्जदेखि धपराहाट बजारतिर एउटा टोटोमा गइरहेका थिए। तलाशी लिँदा यिनीहरूदेखि ६० बोतल मदिरा, दुई मोबाइल फोन र १००० रूपियाँ जफत गरिएको छ। पक्रा परेका तीनै भारतीय नागरिकहरूलाई जफत गरिएको समानको साथ कुचलीबारी थानालाई सुम्पिएको छ।