कोलकाताः जादवपुर विश्वविद्यालयका अन्तरिम कुलपित बुद्धदेव साव आइतवार बिहान तमाम विवादहरूलाई अदेखा गर्दै विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल भए। समारोह शुरू भएको केही बेरपछि उनी मञ्चमा देखिए।
उल्लेख्य, दीक्षान्त समारोहमा आचार्य र राज्यपाल सीवी आनन्द बोसको आदेशको अवहेलना गरेको कारण बुद्धदेव सवलाई राजभवनको आलोचनाको सामना गर्नपरेको थियो। शनिवार राति राजभवनले एक बयान जारी गरी अन्तरिम कुलपतिलाई हटाउने घोषणा गऱ्यो। अर्कोतिर, राज्यका उच्च शिक्षा विभागले राज्यपालको फसेलालाई सुप्रीम कोर्टको आदेशको उल्लङ्घन ठहर गर्दै राज्यपालको फसेलालाई अवैध ठहर गऱ्यो। यसपछि बुद्धदेव सावलाई कुलपति पदमा बहाल राख्ने निर्णय लिइयो।
-हिस