ओभिया आर्ट सर्कलको पहलमा कार्यशाला आयोजित

IMG-20231225-WA0006.jpg

गान्तोक: ओभिया आर्ट सर्कल, सिक्किमको तत्वावधानमा शनिवार “सिरिन सिक्किम-II इन वाटरकलर वर्कशप तार्कुको लोअर तनकमा अवस्थित ठूलो खेतबारीमा सम्पन्न भयो। यस ओपन एअर कार्यशालामा नाम्ची, जोरथाङ अनि गान्तोकका चित्रकारहरू सम्मिलित भएका थिए।

कार्यक्रमबारे बोल्दै अध्यक्ष दीपा राईले यस कार्यशाला एकदमै सफल भएको बताइन्। विशेष गरेर वरिस्ठ चित्रकार पारस राईलाई यसको नामकरण “सिरिन सिक्किम” गरेकोमा आभार प्रकट गरिन्। अध्यक्ष राईले सिक्किमका पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँहरूमध्ये यो ठूलो खेत पनि रहेको र जहाँ साइनो फिल्म जस्ता चर्चित फिल्मको सुटिङ भएको यस ठाउँको सुन्दरतालाई क्यान्भासमा उतार्ने ध्येय रहेको बताइन्। यस कार्यशालामा धेरै नानीहरू पनि सहभागी भएको अनि चित्रकलामा अति नै इच्छुक रहेको बताउँदै आगामी दिनहरूमा त्यस ठाउँ वरिपरिका सरकारी विद्यालयहरूका विद्यार्थीहरूका निम्ति कार्यशाला राख्न सके धेरै राम्रो हुने कुरा राखिन्। ओभियाका महासचिव दिवाकर लामिछानेले गाउँ बस्तिका नानीहरूमा लुकेको प्रतिभालाई बाहिर निकाल्ने काम सँगै ओभियाले पर्यटन र कलालाई अघाडी बडाउने काम गरिरहेको बताए। साथै यस कार्यशालामा सहयोग पुऱ्याएकोमा अर्जुन बानियाँ अनि उनको परिवारलाई धन्यवाद दिए।

चित्रकार पारस राईले २००९ मा शुरू भएको सिरिन सिक्किमको शुरआतबारे प्रकाश पार्दै यसको दोस्रो सिरिज आयोजन गरेकोमा ओभिया आर्ट सर्कललाई बधाई दिए। यसलाई बृहत् रूपमा गर्न सकिनेबारे उनले सुझाउ राखे। यसको पहिलो र दोस्रो सिरिज वाटरकलरमै भएको छ भने अन्य मिडियम आयल, एक्रिलिक, इंस्टालेसन आदिको पनि यो सिरिज कार्यशाला गर्न सकिन्छ भन्ने उनले विशेष सुझाउ राखे। आफू इन्द्र धनुषचित्रकला संस्थामा जन्मिएर ओभियामा हुर्किए भन्दै संस्थाप्रति आभार प्रकट गरे।

वरिष्ठ चित्रकार कमल खालिङले ओभिया आर्ट सर्कलले घरि घरि यस्ता कार्यशालाहरू आयोजना गरेर महत् कार्य गरेको अनि चित्रकारहरूलाई सहभागी गराएको आभार प्रकट गरे भने जलरङकर्मी अशोक राईले संस्थाले विशेषगरी जलरङमा कार्यशाला राखिदिएकोमा आभार प्रकट गरे साथै यसरी नै कलाको लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement