डम्पर र बाइकबीच भिड़न्तमा एकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-7

कोचबिहारः डम्पर र बाइकबीच भिड़न्त हुँदा बाइक चालकको मृत्यु भएको छ। घटना आइतवार जिल्लाको बाबूरहाटको मरातोरशा ब्रिज क्षेत्रमा घटेको हो। खबर लेखिञ्जेलसम्म मृतकको पहिचान हुन सकेको छैन।

स्थानीय सूत्रहरू अनुसार, आज बिहान व्यक्ति बाइकमा कोचबिहारदेखि खपइडाङ्गा गइरहेको थियो। तब विपरीत दिशाबाट आइरहेको एउटा डम्बरसित भिड़न्त हुँदा उसको घटनास्थलमै मृत्यु भयो। सूचना पाएपछि कोतवाली थाना पुलिस घटनास्थलमा पुग्यो। र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति एमजेएन मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिसले डम्परलाई जफत गरेको छ र फरार डम्पर चालकलाई खोजिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement