नयाँ दिल्ली: नव-निर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले सोमबार देशको सर्वोच्च संवैधानिक पदको शपथ लिनेछिन्। शपथग्रहणपछि उनलाई २१ तोपको सलामी दिइनेछ। केन्द्रीय गृह मन्त्रालयले आइतबार जारी अधिसूचनामा जानकारी गराएको छ, नव-निर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूद्वारा राष्ट्रपति पद ग्रहण समारोह सोमबार २५ अप्रेल बिहान १०:१५ बजे संसद भवनको केन्द्रीय सभागारमा हुनेछ। भारतका मुख्य न्यायाधीश एनवी रमनाले उनलाई राष्ट्रपति पदको शपथ दिलाउने छन्।
यस समारोहमा उपराष्ट्रपति एवं राज्यसभाका सभापति एम वेङ्कैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका मुख्य न्यायाधीश एनवी रमना, लोकसभा अध्यक्ष ओम बिरला, मन्त्री परिषदका सदस्य, राज्यपालगण, मुख्य मन्त्रीगण, राजनयिक मिशनहरूका प्रमुख, संसद सदस्यगण र सरकारका प्रमुख नागरिक र सैन्य अधिकारी सामेल हुनेछन्।संविधानको अनुच्छेद ६० अनुरूप नव-निर्वाचित राष्ट्रपतिद्वारा आफ्नो पदको शपथ भारतका मुख्य न्यायाधीश सामू लिइनेछ। त्यसपछि २१ तोपहरूको सलामी दिइनेछ। यसपछि राष्ट्रपतिको अभिभाषण हुनेछ।









