डुताबौसंको खोक्ला शाखा कमिटी गठन

904e2762-03b4-49b2-8a5e-0a3621a8f9fe

कालचिनीः डुवर्स तामाङ बौद्ध संघको शाखा कमिटी गठन प्रक्रिया अघि बढ़िरहेको क्रममा आइतवार कालचिनी खण्डको जयगाउँ एक नम्बर अञ्चल अन्तर्गत पर्ने खोक्ला शाखा कमिटी गठन गरिएको जानकारी संघको मूलसचिव कुमार गोलेले दिएका छन्। उक्त सभामा संघको अध्यक्ष डीबी वाईबा, कालचिनी ब्लक सचिव श्याम थोकर, मूलसचिव कुमार गोले, ताम्बा लाक्पा योञ्जन, केन्द्रिय सदस्य ध्रुव गोम्देन एवम् कालचिनी पञ्चायत समितिको भाइस चेयरम्यान नितु राणा तामाङको मुख्य उपस्थिति रहेको थियो। सभामा तामाङ जातिको संस्कृति र परम्परा औ तामाङ भाषाको संरक्षण गर्दै तामाङ जातिको विकास गर्न संघको आवस्यकता रहेकोले डुवर्स तामाङ बौद्ध संघको शाखा कमिटी विस्तार चलिरहेको र यस क्रममा खोक्ला क्षेत्रको तामाङ प्रतिनिधिहरुलाई शाखा कमिटी गठन गर्ने निधो गरिएको थियो।
छलफल पश्चात अन्ततः डुवर्स तामाङ बौद्ध संघको खोक्ला शाखा कमिटीको सभापतिको पदमा विकास तामाङलाई चयन गरिएको थियो। यसरी नै सहसभापतिमा रुपेश लामा योञ्जन, सचिवमा विकास लामा, सहसचिवमा वसन्त लामा मोक्तान, कोषाध्याक्षमा ज्योतिन लामा पाख्रिन र सहकोषाध्याक्षमा दावा लामा मोक्तान लगायत १३ जना सल्लाहकार र कार्यकारिणी सदस्यहरूको चयन गरिएको थियो। अब नवगठित शाखा कमिटीले तामाङ घरको सदस्यता विस्तार साथै आगामी ल्होछार पर्व मनाउन जागरूकता फैलाउने बताईएको छ। आगामी दिनमा कालचिनी ब्लक कमिटी अन्तर्गत अझै नयाँ शाखा गठन साथै पुरानो शाखा कमिटीको पुनर्गठन गर्ने कार्य जारी रहने संघको मूलसचिव कुमार गोलेले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement