३० दिसम्बरको दिन कालेबुङमा हाम्रो पार्टीको कार्यक्रम आयोजना गरिने

IMG-20231224-WA0185.jpg

दार्जीलिङ: नयाँ वर्षसंगै नयाँ रणनीतिहरू लिएर सडकमा आर्लिने हाम्रो पार्टीले लिए निर्णय लिएको छ। हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटिको सभा आज स्थानीय पार्टी कार्यालयमा सम्पन्न भयो। तीन घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि हाम्रो पार्टी कालेबुङ जिल्ला समितिको कार्यकर्ता पिटर लेप्चाले नयाँ वर्षसंगै नयाँ रणनीतिहरू लिएर आफुहरू सडकमा ओर्लिने निर्णय लिएको जानकारी गराए।उनले यस विषयमा भने, हाम्रो पार्टी कालेबुङ जिल्ला समितिको सभा स्थानीय पार्टी कार्यालयमा सम्पन्न भयो। सभामा कालेबुङ जिल्लाको १३ वटा समष्टिहरूबाट पार्टीका नेतृत्वहरू एंव कार्यकर्ताहरूले अंश ग्रहण गरेका थिए। हाम्रो पार्टी गठन भएको दुई वर्ष नाघिसक्दा पनि हामी कालेबुङ जिल्ला समितिको अधिकारिक घोषणा गर्न सकेका थिएनौं। त्यसकारण आजको सभाले आगमी ३० दिसम्बरको दिन पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थितिमा हामीले कालेबुङ जिल्ला कमिटीको आधिकारिक रूपमा घोषणा गर्नेछौं।’
उनले अघि भने, उक्त दिनको कार्यक्रममा कालेबुङ जिल्लाको पार्टी कार्यकर्ताहरू एंव समर्थकहरूलाई उपस्थित भईदिने लेप्चाले आह्वान् पनि गरेका छन्।उनले अझ भने, हामीले २०२४ नयाँ वर्षको आगमनसँगसँगै नयाँ रणनीतिहरू साथमा लिएर सडकमा ओर्लिने तय गरेका छौं।’ कार्यक्रमको मञचबाट हामीले हाम्रो पार्टीको भावी कार्यक्रम एंव रणनीतिहरू सार्वजनिक गर्नेछौं साथै कालेबुङको गरिमालाई पुनः फर्काई ल्याउने दिशामा हामी अघि बढनेछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement