गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमाको समष्टि भ्रमण

IMG-20231224-WA0183.jpg

मिरिक: आज गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको अध्यक्ष रुपेश राई र विनोद खालिङद्वयको नेतृत्वमा २६ नम्बर समष्टि भ्रमण गरिएको छ। यो भ्रमण पार्टीको सांगठनिक रुपमा भेटघाट र‌ भलाकुसारी रहेको बताइएको छ।

मिरिक महकुमा समितिको अध्यक्षको पदभार ग्रहण गरेपछि रुपेश राई सक्रिय रुपमा सबैसँग भेटघाट र भलाकुसारी साथै परिचय आदान-प्रदान गरी गोर्खा जनमुक्ति मोर्चा पार्टीको सांगठानिक सुदृढिकरण गर्ने हेतुले सबैसँग सल्लाह सुझाव नै यो भ्रमणको मुख्य पाटो रहेको जनाइएको छ। भ्रमणको क्रममा मिरिक महकुमा अन्तर्गत च्याँगा र पानीघट्टा मुख्य रूपमा रहेको थियो।

यो भ्रमणमा मिरिक महकुमा अध्यक्ष रुपेश राई, उपाध्यक्ष भरत देवान,सल्लाहकार विकास खड्गा, सचिव पूर्णसिंह राई, सह सचिव मोहन तामाङ, सदस्य सुमेन्द्र राई र केन्द्रीय सह सचिव विनोद खालिङ रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement