खरसाङ: आज खरसाङ फुटबल एसोसिएशनको सल्लाहकार बोर्डको पहिलो सभा खरसाङको बेलटार परिसरमा सम्पन्न भएको छ। उक्त सभा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रसासनको खेलखूद अनि युवा मामिलाको कार्यकारी सभासद नोबल बम्जन र एमओडी सभासद नवराज छेत्री, जीटीएको कार्यकारी सभासद रतन थापा, सभासद ढेन्डुप भोटिया, सभासद श्याम शेर्पा, सभासद नुरी शेर्पा आदि उपस्थित रहेका थिए। त्यसरी नैखरसाङ नगरपालिका अध्यक्ष बृगेन गुरुङ, पूर्व अध्यक्ष समीरदीप ब्लोन, पूर्व काउन्सिलर रबीन गोले, खरसाङ खण्ड पञ्चायत समिति सदस्य भक्तिमान तामङ, बिरेन्द्र तामाङ,
खरसाङ्ग ब्याटमिन्टन एसोसिएसनका अध्यक्ष पेमेन्द्र गुरुङ अादि उपस्थित रहेका थिए।
आजको सभा खरसाङ फुटबल एसोसिएसन टद्वारा पहाडमा स्थानीय खेलाडीहरुलाई अघि बढाउने पहलमा गोर्खे चेली विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा खरसाङ फुटबल एसोसिएशनको मुख्य संयोजिका अनु छेत्रीद्वारा स्वागत जनाइयो।

सभालाई मनोज छेत्रीद्वारा सञ्चालन गरिएको थियो। सभामा पावर पोइन्ट प्रोजेक्टमार्फत् केएफएद्वारा गरिएको कार्यक्रमहरूको विस्तृत जानकारी विशाल शर्मा अनि अलबरुण छेत्रीद्वारा गराइयो थियो। सभामा सभासद नोबल बम्जन, सभासद रतन थापा, सभासद श्याम शेर्पा अनि सभासद नवराज छेत्री, पूर्व नगर अध्यक्ष समीरदीप ब्लोनद्वारा खेल विषयमा धेरै प्रस्तावहरू साथै सुझावहरू राखेका थिए। सभामा छिरिङ खाइबा अनि कल्याण लामाद्वारा खेल विषयमा जानकारी दिएका थिए। आजको सभामा धेरै विषयहरूमा चर्चा परिचर्चा गरिएको छ। अन्त्यमा केएफएको सचिव सुदिप राईद्वारा धन्यवाद ज्ञापन गरिएको जानकारी प्राप्त भएको छ।