सिलगढ़ी: महानन्दा नदीमा आइतवार एकजना किशोर डूबेको छ। किशोरको नाम शुभो कर्मकार बताइएको छ। प्राप्त जानकारीअनुसार, शुभो आफ्नो साथीहरूको साथ महानन्दा नदीको छेउ फुटबल खेलिरहेको थियो। तब अचानक फूटबल महानन्दा नदीमा झऱ्यो। जसलाई ल्याउन गएको शुभो नदीमा डुब्न पुगेको थियो। जसलाई देखी उसका साथीहरूले यसको खबर स्थानीय मानिसहरूलाई दिए। यसपछि घटनाको खबर प्रधान नगर थाना पुलिसलाई दिइयो। खबर पाउनसाथ पुलिसका साथै डिजास्टर मेनेजमेन्टको टीम घटनास्थलमा पुग्यो औं बचाव अभियान शुरू गऱ्यो। खबर लेखिञ्जेलसम्म किशोरको कुनै अत्तोपत्तो छैन। त्यही, घटना भएदेखि क्षेत्रमा शोकको माहोल छ।










