कोलकाता: गीता जयन्तीको दोस्रो दिन आइतबार, पश्चिम बंगालको राजधानी कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा एक लाख भन्दा बढी मानिसहरूले गीता वाचन गरे। यस अवसरमा द्वारका पिठका शंकराचार्य सदानन्द सरस्वतीसहित हजारौं ऋषि-मुनिहरुको उपस्थिति थिए। कवि नजरलद्वारा लेखिएको ‘हे पार्थ सारथी बजाओ बजाओ’ गीत गायनपछि मैदानमा उपस्थित करिब ७० हजार महिलाले शंख बजाए र करिब ६० हजारले एकसाथ गीत गाए। त्यसपछि गीता वाचन शुरु भयो। सो अवसरमा राष्ट्रिय स्वयंसेवक संघ आबद्ध संस्कार भारतीका कार्यकर्ताहरुले सांस्कृतिक प्रस्तुति दिए। कोलकातामा भगवा लगाएका हजारौं मानिसहरू एकैसाथ बसेर गीता वाचन गरिरहेका बेला यस्तो दृश्य यसअघि कहिल्यै नदेखेको मैदानमा उपस्थित मानिसहरूले बताए। महिलाहरू साडी लगाएर आएका थिए भने अधिकांश पुरुषहरू धोती-कुर्ताको परम्परागत पहिरनमा मैदानमा गीता वाचन गरिरहेका थिए।