सिलगढी: गाईवस्तु तस्करीको पर्दाफाश गर्दा, बीएसएफले फुलबारी टोल प्लाजाबाट कन्टेनरसहित ४० भैंसी जफत गर्यो। बीएसएफले घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको छ। गोप्य सूचना पाएपछि बीएसएफले फुलबारी टोल प्लाजा नजिकै अपरेशन गरेको बताइएको छ। फुलबारी टोल प्लाजाबाट कन्टेनरमा बोकेका ४० वटा भैंसी बरामद भएको छ। बीएसईपी स्रोतले यो कन्टेनर उत्तर दिनाजपुरको पञ्जीपाराबाट असम सीमातर्फ गइरहेको खुलासा गरेको छ। सूचना पाएपछि बीएसएफले कन्टेनर नियन्त्रणमा लिएर त्यसबाट ४० वटा भैँसी बरामद गरेको थियो। घटनामा ५ जना पक्राउ परेका छन्।