दार्जीलिङ: जीटीएको पञ्चायत क्षेत्रमा रोकिएको १३२ करोड प्राप्त भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले एक विज्ञप्ति जारी गरी बताएको छ। यस विषयमा भागोप्रमोले प्रेस विज्ञप्ति जारी गरी भनेको छ – ‘पञ्चायती व्यवस्था फर्काएर ल्याएर चुनाउ गरायौं। ९२% पञ्चायत बोर्ड भागोप्रमोको बनिएको छ।पहाडको सबैभन्दा शक्तिशाली राजनैतिक दल बन्यौं। चुनाउ जित्नु, बोर्ड गठन गर्नु, यो प्रजातन्त्रमा गरिने पहल थिए। बोर्ड गठन गरेर मात्र हुँदैन। जनताको निम्ति कार्य गर्नु पर्छ। कार्य गर्न व्यवस्थालाई कोष चाहिन्छ। २३ वर्षसम्म पञ्चायत क्षेत्रका मानिसहरु विकास अनि अन्य सुविधाहरूदेखि वञ्चित थिए। आज 117 वटा पञ्चायत क्षेत्रका मानिसहरू विकासको मार्गमा हिँड्न तयार छन्।’
पश्चिम बंगाल सरकारले १५औं केन्द्रीय वित्त आयोगको सिफारिसमा जारी एफवाई २०२१-२२, २०२२-२३ र २०२३-२४ को लागि आधारभूत अनुदानको रोकिएको अंश (टाइड र अनटाइड दुवै) को सम्बन्धित ग्राम पञ्चायतको बैंक खातामा रकम हस्तान्तरण गर्ने निर्देश दिएको छ। वित्तीय वर्ष २०२१-२२ देखि २३-२४ सम्म रोकिएको ग्राम पञ्चायतको कोष अब हाम्रो ग्राम पञ्चायतमा आएको छ। यस कोषको जानकारीको निम्ति कोषको विवरण यसप्रकार रहेका छन् – ग्राम पञ्चायत टाइड कोष: ५८,४५,१६,०९८.०० (५८ करोड ४५ लाख), २. ग्राम पञ्चायत अनटाइड कोष ७३,५७,८०,४९६.०० (७३ करोड ५७ लाख) रहेको छ।
भागोप्रमोले यस विषयमा भनेको छ – यो सुरुवात मात्र हो।जनताको भरोसा अनि विश्वास जित्न अनि हामीले दिएको वचन पूरा गर्न हामी कटिबद्ध छौं। पञ्चायतका सम्पूर्ण प्रधान, सदस्यहरू अनि मानिसहरुलाई बधाई अनि शुभकामनाछ।’