अभिनेत्री रितुपर्णा एवं अभिनेता देवसहित धेरै हस्तिहरूलाई बंग विभूषण पुरस्कार प्रदान गरिने

कोलकता: अभिनेत्री रितुपर्णा एवं अभिनेता देवसहित धेरै हस्तिहरूलाई बंग विभूषण पुरस्कारले पश्चिम बंगाल सरकारले सम्मानित गर्ने निर्णय लिएको छ। भोलि (सोमबार) साझँ चार बजी महानगर कोलकताको नजरूल मञ्चमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिनेछ। जानकारीअनुसार, अभिनेता एवं तृणमूल कङ्ग्रेस सांसद देवलाई राज्य सरकारले एउटा चिट्ठी पठाएको छ। यसमा लेखिएको छ, ‘बांग्ला फिल्मका अभिनेताको रूपमा अभिनय क्षमताको माध्यमले बांग्ला फिल्महरूलाई समृद्ध गर्नका लागि २५ जुलाई अर्थात् सोमवार साँझ ४ बजी कोलकाता स्थित नजरूल मंचमा राज्य सरकारको तर्फबाट बंग विभूषण पुरस्कारले तपाई सम्मानित गरिनेछ’। जानकारी अनुसार, यस बाहेक बांग्ला फिल्महरूकी अभिनेत्री रितुपर्णा, तबला वादक अनिन्द्य चटर्जी, शरोद (सितार) वादक देवज्योति बसु, गायिका कौशिकी चक्रवर्ती एवं श्रेया घोषाललाई पनि यस पुरस्कारले सम्मानित गरिनेछ। यस बाहेक राज्य सरकारले तीन प्रख्यात अर्थशास्त्रीहरूलाई पनि सम्मानित गर्नेछ।
नवान्न सूत्रहरू अनुसार, बंग विभूषण पुरस्कारको निम्ति अर्थशात्रीहरूमा नोबल पुरस्कार विजेता अर्थशास्त्री अर्मत्य सेन, पूर्व प्रधानमन्त्री मनमोहन सिंहका आर्थिक सल्लाहकार एवं अर्थशास्त्री कौशिक बोस बाहेक अन्य नोबल पुरस्कार विजेता अर्थशास्त्री अभिजीत विनायक ब्यानर्जीको नाम सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement