हेभन सेल्टर वृद्धाश्रममा स्वास्थ्य जॉंच शिविर

बीरपाडा: डिमडिमा डाङ्गापाडा स्थित हेभन सेल्टर वृद्धाश्रममा बिन्नागढी मिलटेरी स्टेशनको त्रिशक्ति वारियरको पक्षबाट स्वास्थ्य जॉंच शिविर अनि सहयोग कार्यक्रम सम्पन्न भयो| उक्त वृद्धाश्रममा कुल २४ जना वृद्ध तथा दिव्याङ्गहरूको निम्ति त्रिशक्ति वारियारद्वारा निःशुल्क स्वास्थ्य जॉंच अनि औषधिहरू वितरण गरियो| स्वास्थ्य जॉंच पश्चात सबैलाई फल तथा पौष्टिक खाद्य दिएर फलको जुस पिलाइयो| विन्नागढी स्टेशनका त्रिशक्ति वारियारको तर्फबाट उक्त हेभेन सेल्टर आश्रमलाई एउटा रेफफ्रिजरेटर, एउटा वासिङ मसिन, दसवटा खाट अनि कम्बल, तीन डायनिङ सेट आदि सप्रेम भेटस्वरूप प्रदान गरियो|

आज विन्नागढी स्टेशन त्रिशक्ति वारियारका शीर्ष अधिकारी तथा अधिकारीहरूको परिवारपक्षले हेभेन सेल्टर होममा रहदै आइरहेका कुल २४ जना वृद्ध अनि दिव्याङ्गहरूसित तिनीहरूको भलाकुसारी गरे| प्रत्येकसँग कुराकानी गर्ने प्रयास गरे| उक्त सेल्टरका संस्थापक तथा सचिव साजु तालुकदार लगायत सम्पूर्ण आश्रम परिवारले उपस्थित त्रिशक्तिका जवानहरूलाई कृतज्ञता प्रकट गरेका छन्| ज्ञात रहोस् साजु तालुकदारद्वारा स्थापित हेभेन सेल्टर वृद्धाश्रम असहाय अनि दिव्याङ्गहरूको निम्ति एउटा सेवा आसियना हो| जहॉं विभिन्न ठाउँ अनि विभिन्न समुदायबाट वृद्ध असहायहरू तथा दिव्याङ्गहरूको निम्ति घर तयार गरिएको छ तथा तिनीहरूको हेरचाह गर्दै आइरहेको छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement