मङ्पू: आज मङ्पू डा.अम्बेद्कर एजुकेसनल एण्ड वेलफ्यार इन्स्टिच्युटको वार्षिक कार्यक्रम सुजीत थापाको अध्यक्षता सप्पन्न भयो। कार्यक्रमको शुरुमा डा. अम्बेदकरको तस्वीरमा समारोहको अध्यक्ष सुजीत थापा अनि प्रमुख अतिथि समाजसेवी बिक्रम राईको बाहुलीबाट दीप प्रज्वलन अनि माल्यर्पण गरियो। यसरी विधालयका प्राचार्य बिकास गुरुङले स्वागत सम्भाषाण राखेको समारोहका विशिष्ट अतिथिहरु सन्तजोसेप विधालयका फादर जे.पटेल, दिलीप शर्मा अजित राई,अनिल थापा, धिरज राईको बाहुलीबाट नानीहरुलाई मायाको चिन्ह अनि पारितोषिक वितरण गरियो।

आजको कार्यक्रममा विद्यालय परिवारको पक्षबाट सिटोङका समाजसेवी व्यक्तित्व बिक्रम राईलाई सभापति सुजित थापाको विधालय स्मृति चिन्ह अनि सम्बर्द्धना पत्र दिए सम्मान जनाइयो। शिक्षक अनदीप लेप्चा अनि शिक्षिका रोशनी छेत्रीले संचालन गरेको समारोहमा यसै विधालयका भूपूछात्र कृषिका लोहारले शैक्षिक सत्रमा उच्च शिक्षा हासिल गर्दै मङ्पूको नाम उज्ज्वल पार्न सफल भएकोमा उनको अभिभावक कपिल लोहारलाई सहशिक्षक धीरज राईको बाहुलीबाट सम्बर्द्धना पत्र अनि मायाको चिन्ह दिएर विद्यालय परिवारले सम्मान जनाइयो। कार्यक्रम विधालयका नानीहरुले राईम्स,नृत्य आदि प्रस्तुत गरे। अन्त्यमा पाचौं श्रेणीका नानीहरुलाई विदाई दिँदै विद्यालय परिवारको पक्षबाट स्मृति चिन्ह प्रदान गरियो। विद्यालयको भित्तामा सुन्दर चित्र बनाएकोमा सानिध्य छेत्री अनि कृति जैसीलाई विद्यालय परिवारको पक्षबाट स्मृति चिन्ह दिएको सम्मान जनाइयो।