भुक्ने मृगको शिकारमा संलग्न दुईजनालाई न्यायिक हिरासत

4ef7665a-a26c-42e3-ba4a-0f0b6cd3ee2e

कालचिनीः गत बिहीबार दिउँसो नियमित गस्तीको क्रममा बीटीआर पूर्व डिभिजनको भोल्का रेन्जको बाराबिशा बीटका बनकर्मीहरूले एउटा मृत बार्किङ डियर (भुक्ने मृग) बरामद गरेको थियो। काँड लागेको अवस्थामा मृत मृगको शव फेला पर्दा यो शिकारको घटना भएको आशंकामा तत्कालै अनुसन्धान र खोजी अभियान थालिएको थियो। त्यसपछि यस शिकार प्रकरणमा संलग्न रहेको कुमारग्राम खण्डको पुर्व सालबारी गाउँका दुई जनालाई धनुष र बाणसहित बनकर्मीहरूले पक्राउ गरेको थियो।
पक्रा परेका दुवै शिकारीलाई अलिपुरद्वार सीजेएम अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।
मृगको शव पशु चिकित्सक समक्ष पठाइएको छ भने पोस्टमार्टम पश्चात आवश्यक नमुना पहिचान परीक्षणको लागि भारतको जूलोजिकल सर्भे अफ इन्डियाकहाँ पठाइने बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement