अर्जेन्टिनाका जुलियन अल्भारेजको दुई उत्कृष्ट गोलको मद्दतले म्यानचेस्टर सिटीले क्लब विश्वकपको उपाधि जितेको छ। उसले फाइनलमा ब्राजिलको टिम फ्लुमिनेन्सलाई ४–० ले हराएको थियो। शुक्रबार भएको फाइनलमा जितसँगै सिटीले यो वर्षको पाँचौं उपाधि जितेको हो। सिटीका लागि अल्भेरेजका अलावा फिल फोडेनले ७२ औं मिनेटमा गोल गरे। यसै क्रममा निनोले फ्लुमिनेन्सका लागि आत्मघाती गोल पनि गरे।
पेप ग्वार्डियोलाको म्यानचेस्टर सिटी टोली आफ्ना स्टार स्ट्राइकर एर्लिङ हालान्ड र मिडफिल्डर डी ब्रुइन बिना नै यस खेलमा प्रवेश गरेको थियो। खेल सुरु भएको ४० सेकेन्डमा अल्भारेजले सिटीका लागि पहिलो गोल गरेका थिए। यो क्लब वर्ल्ड फाइनलको इतिहासमा सबैभन्दा छिटो गोल थियो। उनको गोलले सिटीका फ्यानहरुलाई खुसी हुने मौका दिएको छ। यसपछि २७ औं मिनेटमा फ्लुमिनेन्सका निनोले फिल फोडेनको सट रोक्ने प्रयास गरेपनि बल उनको खुट्टामा लागेर गोलपोष्टमा गएको थियो । यसपछि ७२औं मिनेटमा अल्भेरेजको पासमा फोडेनले उत्कृष्ट गोल गरे। अल्भारेजले ८८औं मिनेटमा सिटीका लागि दोस्रो र चौथो गोल गरे। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलअघि भनेका थिए कि यो उपाधि (क्लब विश्वकप) हो जुन उनको टोलीसँग छैन। अब सिटीले पनि उपाधि जितेको छ। सिटीले यो वर्ष च्याम्पियन्स लिग, ईपीएल, एफए कप र यूईएफए सुपर कपको उपाधि जितेको छ। शुक्रबार फ्लुमिनेन्समाथिको जितसँगै सन् २०२३ को पाँचौं उपाधि जितेको हो।
युरोपमा २०२५ मा १२ टोली हुनेछन्
क्लब विश्वकप सन् २००५ मा सुरु भएको थियो तर पछिल्ला १९ संस्करणमा १३ पटक फाइनल युरोपेली र दक्षिण अमेरिकी टोलीबीच भएको भए पनि फिफाले क्लब विश्वकप अर्को वर्षदेखि नविकरण गर्ने घोषणा गरेको छ। सन् २०२५ को जुनमा अमेरिकामा हुने ३२ टोलीको क्लब विश्वकपमा युरोपमा १२ टोली हुनेछन् भने एसियालाई चार टोलीको स्थान दिइएको छ।








