सन्थाली भाषामा पठन पाठन विषयलाई केन्द्र गरेर माझी परगाना वेलफेयर सोसाइटीको सभा आयोजित

कालचिनी: प्राथमिक पाठशालाहरुमा सन्थाली भाषामा पठन पाठन शीघ्र चालू गरिनु पर्ने विषयलाई लिएर आज अलिपुरद्वार २ नम्बर ब्लकको बानियाँ गाउँ मिशन प्राइमरी स्कूलमा माझी परगाना वेलफेयर सोसाइटीको एउटा सांगठनिक सभा सम्पन्न भएको जानकारी सो सोसाइटीको पक्षबाट गोबिन्दा मराण्डीले दिएका छन।
आज उक्त सभामा माझी परगाना वेलफेयर सोसाइटीको केन्द्रिय अध्यक्ष खुदीराम मुर्मू, अलिपुरद्वार जिल्ला सभापति रबि मुर्मू, सचिव लखीराम मराण्डी, सहसचिव गोबिन्दा मराण्डी लगायत श्यामल मरान्डी एवम् समाजसेवी बाबुलाल मरान्डी, सुशान्त मुर्मू आदिको प्रमुख उपस्थिति रहेको थियो।

सभामा सन्थाली भाषाले राज्यमा मान्यता पाएको र राज्य सरकारले सन्थाली भाषामा पठन पाठन शुरु गरेको बताएता पनि आजसम्म अलिपुरद्वार जिल्लाको सन्थाली बाहुल क्षेत्रमा सन्थाली भाषामा पठन पाठन शुरु नभएकोले यस विषयमा माझी परगाना वेलफेयर सोसाइटीको पक्षबाट ज्ञापन पनि दिँदै आईरहेको र आगामी दिनमा अलिपुरद्वार जिल्ला शासक समक्ष फेरि यस विषयमा ज्ञापन दिईने संगठनको पक्षबाट रबि मुर्मूले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement