भाजपा ७ नम्बर मण्डल कमिटीको कार्यालय उद्घाटन

कालचिनी: आज जयगाउँ स्थित अग्रसेन भवनमा भाजपा ७ नम्बर मण्डल कमिटीको कार्यकारिणी सम्मेलन सम्पन्न भएको थियो भने उक्त सम्मेलनमा भाजपाका कालचिनी विधायक विशाल लामा लगायत भाजपा जिल्ला नेता कृपाशंकर जयसवाल एवम् ७ नम्बर मण्डल सभापति राजेश छेत्री लगायत कमिटीको पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो।

सम्मेलनमा सांगठनिक चर्चा सम्पन्न भएको मण्डल सभापति राजेश छेत्रीले जनाएका छन। उक्त सम्मेलन पश्चात नै आज ७ नम्बर मण्डल कमिटीको पार्टी कार्यालय देवकोटा टोलमा कालचिनी विधायक विशाल लामाको बाहुलीबाट उद्घाटन गरिएको थियो।
आज सम्पन्न सम्मेलनमा मूलतः प्रत्येक बूथहरुलाई मजबुत गर्ने विषयमा चर्चा भएको र आगामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर यो सम्मेलन सम्पन्न गरिएको भाजपा ७ नम्बर मण्डल सभापति राजेश छेत्रीले थप जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *