कालेबुङको ४२ नम्बर समष्टीबाट २५ भन्दा धेरै परिवारहरू हाम्रो पार्टीमा सामेल

IMG-20231223-WA0235.jpg

गोर्खाल्याण्डको मुद्दालाई अजय एडवाडर्सले मात्र फत्ते गर्न सक्छ: शिशिल तामाङ

दार्जीलिङ: गोर्खाल्याण्डको मुद्दालाई अजय एडवाडर्सले मात्र पार लगाउन सक्छ भनी शिशिल तामाङले बताएका छन्। दार्जीलिङ शहरको माल रोडस्थित हाम्रो पार्टीको कार्यालय पी कोठीमा आज समर्थन कार्यक्रमको आयोजना भएको थियो। उक्त समर्थन कार्यक्रममा हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै उपाध्यक्ष रोबर्ट छेत्री, केन्द्रीय कमिटी कार्यकर्ता एंव सभासद प्रतिम सुब्बा, केन्द्रीय कमिटी सदस्य राजु सुब्बा आदि उपस्थित थिए।त्यसरी नै हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटी अध्यक्ष निले कृष्ण राई, महासचिव पिटर लेप्चा, सह सचिव चन्दन परियार,जिल्ला प्रब़वक्ता शिशिल तामाङ आदि उपस्थित रहेका थिए। उक्त समर्थन कार्यक्रममा कालेबुङ जिल्लाको रेली समथर ४२ नम्बर समष्टिको २५ भन्दा धेरै परिवारहरूले हाम्रो पार्टीको झण्डा समाएका छन्। समर्थन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटि प्रवक्ता शिशिल तामाङले गत दुई तीन महिना अघि दार्जीलिङ आएका थिए अनि यसै पार्टी कार्यालयमा पार्टी अध्यक्ष अजय एडवाडर्सको हातबाट पार्टीको झण्डा समाएका थिए। हाम्रो पार्टीमा सामेल भएर घर फर्किएपछि मैले गाउँ घरहरूमा कुराकानीहरू भयो।आज अन्य राजनैतिक दलहरूको पनि समर्थन कार्यक्रमहरू भईरहेको छ अनि ती समर्थन कार्यक्रममा गाडी भाडा, खाजा भूजाको व्यवस्था गरी दिन्दा पनि भने जस्तो मानिसहरू गएको देखिएको छैन। तर मैले अस्तीको दिन मात्र बोलाउँदा तपाईहरू आईदिनु भयो। हाम्रो पार्टी अनि अध्यक्ष अजय एडवाडर्सको हात दह्रिलो बनाउन बिहानको 5 बजे नै तपाईहरू आईदिनु भयो। यसको निम्ति तपाईहरूलाई आभार जनाउँछु शिशिल तामाङले भने। उनले अघि भने, हाम्रो पार्टीमा समर्थन जनाउन आएका यी समर्थकहरू नि:स्वार्थ भावले समर्थन जनाएका छन्।पत्रकारहरूलाई गणतन्त्रको चैथो स्तम्भ हुन् तर कालेबुङमा पत्रकारहरूमाथि कुटपीट गरेको खबर सुन्ने बितिकै घटना स्थलमा पुगेका थिए अनि त्यसको विरोध अजय एडवाडर्सले गरेका थिए।पहाडको सत्ता दलको नेताहरूले आफ्नो नीजि कोषबाट कुनै सामाजिक कार्यहरू गर्न सकेको छैन तर सिंगताम चिया बगानको फेदीमा आफ्नो नीजि पून्जी लगाएर पूलको निर्माण कार्य अजय एडवाडर्सले गर्दैछ। अजय एडवाडर्सले गोर्खाल्याण्डको नाममा धन संग्र्रह गर्ने कार्यहरू गरेको छैन। छुटटै राज्य गोर्खाल्याण्डको मुद्दा फत्ते गर्छन् भने सिर्फ अजय एडवाडर्सले मात्र गर्न सक्छ किनकि उनीसंग भिजन छ साथै गोर्खा जातिको जातीय मुद्दामाथि अजय एडवाडर्स इमान्दार रहेको प्रवक्ता तामाङले बताए। आजको यो भेला सिर्फ समर्थनको जन भेला मात्र हो,30 दिसम्बरको दिन हामीले कालेबुङमा एक कार्यक्रमको आयोजना गरेका छौं त्यस दिन अझ वृहत रूपमा हामी जन भेला गर्ने छौं तिनले भने।हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवाडर्सको हात दह्रिलो बनाउने हामीले मनमनै संकल्प पनि लिईसकेका छौं प्रवक्ता शिशिल तामाङले भने। हाम्रो पार्टीमा समर्थन जनाउन आएका समर्थकहरूलाई पार्टी अध्यक्ष अजय एडवाडर्सजे खदा लगाउँदै पार्टीको झण्डा सुम्पिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement