
कोलकाता: पश्चिम बङ्गालका क्याबिनेट मन्त्री पार्थ च्याटर्जीको पक्राउपछि अब केन्द्र र राज्य सरकार फेरि मुखामुखी भएका छन्। केन्द्रीय अनुसन्धान एजेन्सी ईडीले पार्थ चटर्जीलाई किन अर्को अस्पतालमा सारिएको थियो भनेर आपत्ति जनाएको छ। यससँगै ईडीले पार्थ चटर्जीले अस्पतालमा सोधपुछको अवधिमा सहयोग नगरेको आरोप लगाएको छ।










