खरसाङ: वृन्दावन वेलफेयर सोसाईटीको दोस्रो स्थापना दिवस साथै वार्षिक साधारण सभा आयोजना गरेको छ। सालबारीको वृन्दावन वेलफेयर सोसाईटी सालबारीको उक्त दोस्रो स्थापना दिवस र वार्षिक साधारण सभा अनुज प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभाको सञ्चालन सोसाईटीको सचिव प्रवेस थापाले गरेका थिए। कार्यक्रमको शुरुमा समाजको वरिष्ठ व्यक्तिहरूको बाहुलीबाट धुप दीप प्रज्वलन गरिएको थियो। त्यसपछि कार्यक्रममा सोसाईटीको कोषाध्यक्ष दिलिप शर्माले वर्ष २०२३ के आय व्यायको हर हिसाब सुनाएका थिए भने सचिव प्रवेस थापाले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सोसाईटीको नयाँ पदाधिकारीहरू चयन गर्नलाई चुनाव गरिएको थियो। उक्त प्रक्रिया अनुसार वृन्दावन वेलफेयर सेसाईटीको नयाँ सभापतिको रूपमा दिलिप शर्मा, उप सभापति बन्दना भुजेल, सचिवमा पुन: एकपल्ट प्रवेस थापा, कोषाध्यक्ष अनुज प्रधान, सल्लाहकारको रूपमा पीबी मोक्तान र निर्मल गुरुङलाई चयन गरिएको छ। उक्त दोस्रो स्थापना दिवस र वार्षिक साधारण सभा विषयमा वृन्दावन वेलफेयर सोसाईटीको सचिव प्रवेस थापाले विस्तृत रूपमा बताएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




