खरसाङ: क्रिसमसको सिजनलाई हेरेर यस सप्ताह खरसाङको गोर्खे हाट दुई दिन राखिएको छ। खरसाङको गोर्खे हाट चौधौं हप्तामा पुगेको छ अनि क्रिसमसमा चाहिने सर सामानहरू राखेर यसपाली शनिवार र आईतबार दुऊ दिनव्यापी राखिएको छ। क्रिसमसमा चाहिने विभिन्न सर सामानहरूका साथमा दुई दिवसीय खरसाङ गोर्खे हाट राखिएको छ जसमा ईसाई धर्मावलम्बीहरूले क्रिसमसमा चाहिने विभिन्न सामानहरू किन्न सुविधा होस् भनी दुई दिनव्यापी राखिएको छ। क्रिसमसको अवसरमा राखिएको उक्त दुई दिनव्यापी गोर्खे हाट विषयमा सभापति बिजय सेञ्चुरीले यसपाली हामीले क्रिसमसलाई मध्य नजर राखेर दुई दिनव्यापी शनिवार र आईतबार गोर्खे हाट राखिएको बताएका छन्। यस दुई दिन नै क्रिसमसमा चाहिने विभिन्न सर सामानहरू राखिने बताएका छन्। उनले खरसाङ गोर्खे हाटले अहिलेसम्म राम्रोसितले सफलता पाईरहेको बताएका छन्।










