तीन रुसी लडाकु विमान खसालेको युक्रेनको दाबी

68da2ee91984f02e23093ecb3fa1a1f7.webp

युक्रेनको सेनाले शुक्रवार देशको दक्षिणमा तीन वटा रुसी लडाकु जेट खसालेको जनाएको छ।बमवर्षक सु-२५ जेट विमानहरू खेअर्सन क्षेत्रमाथिबाट खसालिएको युक्रेनको एअर फोर्सले घोषणा गरेको छ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती विमान खसाल्ने सैनिकहरूलाई धन्यवाद दिँदै उक्त घटना युद्धग्रस्त खेअर्सन क्षेत्रमा भएको बताएका छन्।
यी दाबीहरूबारे मस्कोले कुनै प्रतिक्रिया जनाएको छैन तर प्रभावशाली रुसी ब्लगरहरूले क्षतिबारे उल्लेख गरेका छन्।
घटनाबारे कसले के भने?
शुक्रवार आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले विमान खसालिएको घटनाले युक्रेनमा निशाना बनाइरहेका रुसी पाइलटहरूलाई “कोही पनि सजाय नपाईकन नजाने” भनेर सजग गराएको बताए।उनले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेसँग कुरा गरेर भविष्यमा एफ-१६ जेट पठाउनेबारे र नयाँ ईयू सहायता प्याकेजबारे छलफल गरेको बताए।मस्कोले जेटहरूको क्षतिका बारेमा प्रतिक्रिया जनाएको छैन तर फाइटरबमर भनेर परिचित युद्धसम्बन्धी एकजना प्रभावशाली रुसी ब्लगरले सङ्ख्या नखुलेका विमानहरूको क्षति भएको जनाउँदै ती सम्भवतः अमेरिकामा बनेका प्याट्रोइट क्षेप्यास्त्रहरूले खसालेको हुनसक्ने भनेका छन्।ती ब्लगरले बच्न सफल भएका पाइलट र मृतकहरूको शव फेला पारिएको जनाएका छन्।अर्का ब्लगर भोइनी ओस्भेदोमितेलले ती विमानहरू सम्भवतः रुस नियन्त्रित ड्निप्रो नदितर्फ रहेका युक्रेनी आधारहरूमा बम खसाल्न प्रयोग भएको हुनसक्ने बताएका छन्।सन् २०२२ को फेब्रुअरीयता पूर्ण आकारको अतिक्रमण सुरु गरेको रुसी फौजसँग लडिरहँदा युक्रेनले गोला बारुदको अभाव सामना गरिरहेको छ।
जाडोयाम सुरु भएसँगै हाल किएभको प्रत्याक्रमण रोकिएको छ।हालसम्म सबैभन्दा ठूलो सैन्य सहायता गरिरहेको अमेरिकामा रिपब्लिकन दलका सांसदहरूले युक्रेनलाई युद्धमा थप सहायता दिन अनिच्छुक देखिरहेका छन्।यसै साता आफ्नो वर्षको अन्त्यमा गरिने पत्रकार सम्मेलनमा जेलेन्स्कीले युक्रेनले रुससँग युद्ध नहारिरहेको बताएका थिए।जसक्रममा उनले युद्धमा थप पाँच लाख मानिसहरू परिचालन गर्न चाहेको बताएका थिए। उनले अहिले नै पाँच लाख मानिसहरू अग्रमोर्चामा रहेको बताउँदै उक्त विषय ‘संवेदनशील’ र ‘खर्चिलो’ हुने स्वीकारेका थिए। अमेरिका र युरोपेली सङ्घ ईयूबाट सहायतामा देखा परिरहेका अवरोधबीच उनको उक्त प्रतिक्रिया आएको थियो।यसै महिनाको सुरुमा अमेरिकी संसदका रिपब्लिकनहरूले युक्रेनलाई दिने ६० अर्ब डलरको एक सैन्य सहायता प्याकेजमा अवरोध गरेका थिए। जसपछि ईयूले दिने भनेको ५५ अर्ब डलर बराबरको आर्थिक सहायता प्याकेजलाई हङ्गेरीले अवरोध पुर्‍याएको थियो। यद्यपि ईयू नेताहरूले युक्रेनलाई सहायताबिनाको अवस्थामा नछाडिने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *