उत्तम राईको ह्याट्रिकले उज्जल इलेभेन सेमिफाइनलमा

२४ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा उज्जल इलेभेन (टुक्राखास) सेमिफाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आइतवार भएको पहिलो क्वार्टर म्याचमा उज्जल इलेभेनले वी युनाइटेड (जयगाउँ)-लाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट उत्तम राईले ह्याट्रिक गरे। यसबाहेक संजु कुजुर र कुशल खाखाले १-१ गोल गरे। यसरी नै वी युनाइटेडबाट लाक्पा लामा र भुपेन प्रधानले १-१ गोल गरे। विजेता टीमका उत्तम राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २६ जुलाईमा खेलिने दोस्रो क्वार्टर फाइनलमा दार्जीलिङ पुलिस र ब्रदर्स इलेभेन (कालचिनी)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *