हिन्दू मन्दिरको भित्तामा खालिस्तान सम्बन्धी नारा

hindu-temple-us-defaced.jpg

वाशिङ्गटन: अमेरिकामा खालिस्तान समर्थक बदमाश तत्वहरूले एउटा हिन्दू मन्दिरलाई निशाना बनाएका छन्। यी तत्वहरूले उक्त मन्दिरको भित्तामा भारत विरोधी नारा लेखेर सामाजिक सद्भावमा चोट पुऱ्याउने प्रयास गरेका छन्।

उक्त घटना केलिफोर्नियाको नेवार्क शहरको हो। नेवार्क पुलिसले घटनाको गहन जॉंचको आश्वासन दिएको छ।

यस घटनासित सम्बन्धित सचित्र विवरण हिन्दू अमेरिका फाउण्डेशनले सोशिय मिडिया प्लेटफर्म एक्समा साझा गरेको छ। यसमा स्वामी नारायण मन्दिरका भित्ताहरूमा लेखिएका नाराहरू देख्न सकिन्छन्। हिन्दू अमेरिका फाउण्डेशनले यस घटनाको जॉंच ‘घृणा अपराध’ को रूपमा गरिनु पर्ने माग गरेको छ। मन्दिरसित सम्बन्धित मानिसहरूले नेवार्क पुलिस र न्याय विभागलाई यसको सूचना दिएको छ।

उल्लेखनीय छ, खालिस्तान समर्थकहरूले अमेरिकामा मन्दिरहरूलाई लगातार निशाना बनाइरहेका छन्। अमेरिका अतिरिक्त क्यानडा, ब्रिटेन र अस्ट्रेलियामा पनि यस्तै घटना भइसकेका छन्। क्यानडाका धेरै शहरहरूमा खालिस्तान समर्थकहरूले हिन्दू मन्दिरको मेन गेटमा पोस्टर टॉंसेर आतङ्की हरदीप सिंह निज्जरको समर्थन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *