६०,००० महिलाहरूले आइतवार बजाउनेछन् शङ्ख, गीता पाठका लागि एक लाख तीस हजार मानिसहरूले गराए पञ्जीकरण
कोलकाता: कोलकाताको ब्रिगेड परेड मैदान विश्व रेकर्ड बनाउनको लागि तयार छ। २४ दिसम्बर यहाँ एकसाथ लगभग १ लाख मानिसहरूले गीता पाठ गर्नेछन्। यद्यपि गीता पाठका लागि अहिलेसम्ममा एक लाख तीस हजार मानिसहरूले पञ्जीकरण गराइसकेका छन्। आयोजकहरूको भनाइ छ, यस कार्यक्रममा दक्षिण बंगालका मानिसहरूको सहभागिता बढ़ी रहनेछ। उनीहरूका लागि दशवटा लोकल ट्रेन बुक गरिएको छ। उत्तर बंगालबाट पनि ट्रेनले गीता पाठ गर्नेहरूलाई ल्याउनेछैन।
नेता प्रतिपक्ष औ वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारी पनि यस आयोजनका मुख्य अनुहार हुन्। उनले भने, वित्तीय संकटको कारणले उत्तर बंगालका मानिसहरूलाई ल्याउन सकिएको छैन। एकजना आयोजकले बताए, साठी हजार महिलाहरूले एकसाथ शङ्ख बजाउनेछन् भने गीत पाठपूर्व सत्तरी हजार मानिसहरूले “पार्थ सारथी बजाओ बजाओ…” गीत गाउनेछन्।
पहिला प्रधानमन्त्री नरेन्द्र मोदी यस आयोजनमा मुख्य अतिथिको रूपमा उपस्थित रहने तय गरिएको थियो। प्रधानमन्त्री मोदीसितै शङ्कराचार्य सदानन्द सरस्वतीलाई पनि आमन्त्रित गरिएको छ। प्रधानमन्त्री मोदीको यहाँ आउने कार्यक्रम रद्द भए पनि सदानन्द सरस्वती भने यसमा सामेल हुनेछन्। गीता पाठको अन्तिम तयारी भइरहेको छ।
शनिवार साँझसम्ममा सबै तयारी पूरा हुनेछ। ब्रिगेड परेड मैदानमा भिक्टोरिया मेमोरियलको अघिल्लोतिर दुईवटा ठूल्ठूलो मञ्च बनाइएको छ। एउटा मञ्चमा मुख्य अतिथि आसिन हुनेछन् भने दोस्रो मञ्चमा पार्थ सारथी बजाओ बजाओ.. गीत गाइनेछ। कोलकाता पुलिसले यस आयोजनको लागि सुरक्षाको कठोर प्रबन्ध गरेको छ।








