राजधानीमा पालन गरियो क्रिसमस पूर्व प्रार्थना शिखर शिविर

IMG-20231222-WA0262.jpg

विश्व प्रख्यात ख्रिष्टीय प्रचारक तथा जिजस कल मिनिस्ट्रीका संस्थापक डा. पाउल दिनाकरणको विशेष उपस्थिति

गान्तोक: आज राजधानी गान्तोकमा राज्य स्तरीय क्रिसमस पूर्व प्रार्थना शिखर सम्मेलन सम्पन्न भयो। कार्यक्रमको आयोजना राज्यका सबै गिर्जा घरहरूले संयुक्तरुपमा गरेको थियो। दुई चरणमा आयोजित कार्यक्रमको पहिलो खण्ड बिहान न्यू मार्केट एमजी मार्गमा आयोजना गरिएको थियो भने दोस्रो खण्ड स्थानीय पाल्जोर स्टेडियममा आयोजना गरिएको थियो जसमा राज्यभरिबाट बहु सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, यो कार्यक्रम क्रिमसको उत्सवको रुपमा नभएर गत ४ अक्टोबर रातिको टिस्टा जलप्रलयमा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्ति साथै विश्व शान्तिको कामना गर्दै प्रार्थना सभाको रुपमा आयोजना गरिएको थियो।
कार्यक्रमको दुवै खण्डमा मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहेको थियो। बिहानको कार्यक्रममा पास्टरद्वारा विशेष प्रार्थना पछि एमजी मार्गदेखि पाल्जोर स्टेडियमसम्म पैदल यात्रा आयोजना गरिएको थियो जसमा मुख्यमन्त्री तामाङले पनि सहभागिता जनाए। यात्रा पाल्जोर स्टेडियम पुगेपछि दोस्रो खण्डको कार्यक्रम आरम्भ भयो जसमा विश्व प्रख्यात ख्रिष्टीय प्रचारक तथा जिजस कल मिनिस्ट्रीका संस्थापक डा. पाउल दिनाकरण र उनका छोरा साम्यूएल दिनाकरण प्रमख वक्ताको रुपमा उपस्थित थिए जसले उपस्थित श्रद्धालुहरूलाई प्रभू यशू ख्रिष्टको प्रेमको संदेश सुनाए। यसको साथै टिस्टा जलप्रलयमा ज्यान गुमाउने आत्माहरूको शान्ति साथै राज्यवासीको सुख-समृद्धिको कामना गर्दै प्रार्थना पनि गरे।

उल्लेखनीय छ, डा. पाउल दिनाकरणको यो दोस्रो सिक्किम भ्रमण हो। आजभन्दा 21 वर्ष अघि उनी पहिलोपल्ट सिक्किम राज्यको भ्रमणमा आएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement