साई लेबोङ र सेण्ट जोसेफ कलेजबीच म्याच ड्र

२४ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत आइतवार एउटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा शिक्षा संघ हाई स्कूल र टर्नबुल हाई स्कूलबीच आज भएको पहिलो म्याच (ग्रुप ए) १-१-ले ड्र रह्यो। म्याचमा शिक्षा संघबाट जी. शाशंकर र टर्नबुल हाई स्कूलबाट कुमार छेत्रीले गोल गरे। यसको साथमा डीजीएचएसए-को आयोजनमा बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्ट पनि आजदेखि शुरु भयो। साई लेबोङ र सेण्ट जोसेफ कलेजबीच म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। भोलि हर्सिंग फूटबल क्लब र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच म्याच हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *