लेग्शेप बजार निवासी एक व्यक्तिले गरे आत्महत्या

IMG-20230410-WA0169-11-300x172-8

गान्तोक: गेजिङ जिल्लाको लेग्शेप बजार निवासी रन बहादु राईले आत्महत्या गरेको पुलिसले जानकारी गराएको छ। पुलिसको भनाइ अनुसार अनुसार ७३ वर्षीय राईले आफ्नो कोठाको खिडकीमा नाइलनको डोरीको सहायताले आत्महत्या गरेका हुन्। प्राप्त जानकारी अनुसार मृतक राई केही वर्षदेखि तनावग्रस्त रहेका थिए। उनको स्वास्थ्य, सम्पतिमाथि आफ्नै परिवारबीच केही समस्या उत्पन्न भएपछि राई तनाउको शिकार बनेका थिए। उनको शवलाई पोस्टमार्टमको निम्ति गेजिङ जिल्ला अस्पतालमा पठाएको र पोस्टमार्टम पछि मृतकका आफन्तलाई शव सुम्पिएको जानकारी गराइएको छ। पुलिसले यस घटनालाई अप्रकृति मृत्यु घोषित गर्दै सीआरपीसी १७४अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement