राज्यपालद्वारा व्यापार मेलाको उदघाटन

IMG-20231222-WA0261.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिलगढीमा हार्डवेयर मर्चेन्ट्स एसोसिएसनद्वारा आयोजित व्यापार मेलामा सहभागिता दिए। आफ्नो सम्बोधनमा राज्यपालले देशको विकासमा हार्डवेयरको अपरिहार्य भूमिकालाई उजागर गर्दै पूर्वाधार र परियोजनाहरू हार्डवेयरसँग जोडिएकोले घर बनाउनेदेखि गाउँ, राज्य र राष्ट्रहरू जोड्नेसमेत काम गरेको बताए। उऩले उद्योगमा संघको योगदानलाई सराहना गरे। १९६९मा स्थापित हार्डवेयर व्यापारी संघ विगत ५४ वर्षदेखि देशको विकासमा योगदान पु¥याउँदै आएको छ। राज्यपालले निर्माणको आपूर्तिमा हार्डवेयरको भूमिकाबारे उल्लेख गरे। जसले भाषा र संस्कृतिको माध्यमबाट मानिसहरूलाई जोड्ने काम पनि गर्दछ भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement