नेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त

Screenshot_20231222_215905_Dailyhunt.jpg

काठमाडौं: नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो। नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ ।बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन्। अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन्। प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि थिइन्। तर, एक दशक अगाडि सोही बैंकको मुख्य प्रबन्धक पदबाट अवकाश पाएका पाण्डेयले सीईओमा बाजी मारेका छन्।

पाण्डेयले नेपाल बैंकमा हुँदा क्रेडिट विभाग, र शाखा प्रबन्धकको रुपमा काम गरेका थिए। उनीसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ। सीईओका लागि सर्ट लिष्टमा परेका नेपाल राष्ट्र बैंककको कार्यकारी निर्देशकबाट अवकास पाएका अशोक पौडेल, बैंकका निमित्त सीईओ पन्तका साथै बैंकको डेपुटी सीईओ लक्ष्मण पौडेल र ध्रुवचन्द्र गौतमलाई पछि पार्दै पाण्डेय नियुक्त भएका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *