गोर्खा शहीद च्यालेञ्ज फूटबलः गोर्खा बोइज फाइनलमा, अयुष सेभेनसँग भिड़न्त हुने

२४ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको चरम रोमाञ्चक म्याचमा गोर्खा बोइज (खरसाङ)-ले तीनधारेको चाँद एफसीलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमका प्रशान्त राई (भाइचुङ)-लाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार, २७ जुलाईको दिन खेलिने फाइनलमा गोर्खा बोइज (खरसाङ) र अयुष सेभेन (सुकना)-बीच भिड़न्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *