हात्तीघिसा नागरिक मञ्चका सदस्यहरूद्वारा विरोध प्रदर्शन

Screenshot_20231222_221611_Samsung-Internet.jpg

नक्सलबारी: नक्सलबारीको हात्तीघिसाको फकिरा जोतमा भएको झगडामा लोग्ने-स्वास्नी जीवन सुब्बा र शान्ति सुब्बालाई कुटपिट गरेको आरोपमा पक्रा पर्ने आरोपीले जमानत पाएपछि आक्रोशित बनेका हात्तीघिसा नागरिक मञ्चका सदस्यहरूले आज विरोध प्रदर्शन गरे। यसको साथै पुलिसले घटनामा संलग्न सबै आरोपीहरूलाई चाँडै पक्राउ गरिनु पर्ने मांग गरेका छन्। स्मरण रहोस, नक्सलबारीको हात्तीघिसाको फकिरा जोतमा गत आइतबार राति टर्च बत्ती बालेको घटनालाई लिएर दुई छिमेकीहरूमाझ झगडा हुँदा जीवन सुब्बा र उनकी श्रीमती शान्ति सुब्बालाई कुटपिट गरेपछि तिनीहरू गम्भीर घाइते भएका थिए। अभियुक्तले मादक पदार्थ पिएर जीवन सुब्बा र तिनका स्वास्नी शान्ति सुब्बा लगायत तिनका छोरालाई समेत कुटपिट गरेको आरोप रहेको छ। यसपछि घाइतेहरूलाई उपचारका लागि नक्सलबारी अस्पतालमा पुऱ्याइए तापनि चिकित्सकहरूले त्यहाँबाट तिनीहरूलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको थियो। पिडित पक्षले उक्त घटनाबारे थानामा प्राथमिकी दर्ता गरेपछि पुलिसले आरोपी सुजित्रा सिंहलाई पक्राउ गरेको थियो। तर आरोपीले जमानत पाएपछि हात्तीघिसा नागरिक मञ्चका सदस्यहरूले आज शुक्रवार उक्त घटनामा सामेल सबै आरोपीहरूलाई चाँडै पक्राउ गर्ने मांग गर्दै विरोध प्रदर्शन गरे। यस अवसरमा नागरिक मञ्चका सदस्यहरूले घटनामा सामेल सबै आरोपीहरूलाई पक्राउ गरिनु पर्ने मांग गरेका छन्। यदि आरोपीहरूलाई चाँडै पक्राउ नगरे आउँदो दिनमा वृहत आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *