हिजबुल्लाहद्वारा इजरायली शहरहरूमा रकेट आक्रमण

Rocket-Attack-rep-Pix-copy

इजरायलले लेबनानको इरान समर्थित हिजबुल्लाहले आफ्ना शहरहरूमा राति रकेट आक्रमण गरेको बताएको छ। यी आक्रमणहरू उत्तरी इजरायलका किरियत शमोना र अन्य शहरहरूमा गरिएका छन्। एक दिनअघि इजरायल र लेबनानको सीमामा दुई पक्षबीच गोली हानाहान भएको थियो। अर्कोतर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँहरूलाई निशाना बनाउँदै आएको र त्यसको बदलामा रकेट आक्रमण गरेको बताएको छ। लेबनानको सरकारी सञ्चारमाध्यमले आफ्नो रिपोर्टमा इजरायलका लडाकू विमानहरूले आफ्नो क्षेत्रमा सीमाको २० किलोमिटर भित्र हवाई हमला गरेको बताएको छ। इजरायलले हिजबुल्लाह कमाण्ड सेन्टरलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। यसैबीच गोलान हाइट्सको इजरायली क्षेत्रमा सिरियाबाट चारवटा रकेट प्रहार भएको छ, त्यसपछि इजरायली सेनाले सिरियाली सेनाको चौकीमा पनि बमबारी गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *