कालचिनी: प्रथम आदिवासी महिला द्रोपदी मुर्मू भारतको राष्ट्रपति बनेकीमा हाल आदिवासी समाज हर्षित बनेका छन। आज यसै क्रममा कालचिनीको आदिवासी संगठन उलगुलान संस्थाको सदस्यहरुले कालचिनी राङ्गामाटी रोडबाट रंगीबिरंगी होली खेल्दै बाजागाजाको साथ एउटा ऱ्याली निकालिएको थियो।
उक्त ऱ्यालीमा आदिवासी युवा युवतीहरुले सहभागिता जनाएको थियो भने ऱ्याली कालचिनी चौपति स्थित बिरसा मुण्डा सालिक अघि आएर भारत माताकी जय र द्रोपदी मुर्मू जिन्दाबादको नाराको साथ समापन गरिएको थियो। उक्त संस्थाको पक्षबाट पंकज गोपले प्रथमपल्ट एकजना आदिवासी महिला द्रोपदी मुर्मू भारतको राष्ट्रपति जस्तो गौरवशाली पदमा निर्वाचित भएकोले यसलाई हामी सबैले गौरान्वित महसूस गरेकोले आज यसैको खुसी मनाएको बताएका छन।










