काेलकाता: पूरा देशको साथ पश्चिम बंगालमा पनि कोरोनाको संक्रमण तीव्र भएको छ। गत २४ घण्टामा कोरोनाको पाँच पोजिटिभ मामिला अघि आएको छ। पाँच मामिलामध्ये तीन अस्पतालमा भर्ती छन् जबकि दुई होम आइसोलेशनमा छन्।
अस्पतालमा भर्ती तीनमध्ये एक छह महिनाको शिशु पनि छ, जो आफ्नो आमा-बाबूको साथ बिहारदेखि पश्चिम बंगाल आएको थियो। शिशुलाई अहिले वेन्टिलेशनमा राखिएको छ।
राज्य स्वास्थ्य विभागको सूत्रहरू अनुसार, अस्पतालमा भर्ती अन्य दुईलाई कथित रूपमा अन्य रोगहरू पनि छ। के यिनीहरू नयाँ सब भेरियन्ट जेएन.१ ले संक्रमित त छैनन्, यसको पत्तो लगाउन यी सबै पाँचको जीनोम सिक्वेन्सिङ गरिनेछ। क्रिसमस र नयाँ सालको पर्वको कारण एकै ठाउँ र समयमा भारी संख्यामा मानिसहरू जमा हुनसक्छन्। यो राज्य स्वास्थ्य विभागको निम्ति एक ठूलो चिन्ताको विषय बनेको छ।
बुधवार बिहानदेखि बिहिवार साझँसम्म कूल १९३ आरटी-पीसीआर टेस्ट गरिएको छ। आगामी फेस्टिभ सिजनलाई ध्यानमा राख्दै सावधानीपूर्ण राज्य सरकारले अगावै केही सरकारी अस्पतालहरूलाई आईसीयूमा बेड सहित केही बेड आरक्षित गर्ने निर्देश दिएको छ।









