ईडी अफिस पुगे जूनियर पीसी सरकार, चिटफण्ड मामिलामा सोधपुछ

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः कोलकाताका विख्यात जादूगर पीसी सरकार जूनियर ईडीको नोटिसमा शुक्रवार बिहान केन्द्रिय जाँच एजेन्सीको कार्यालय पुगे। यद्यपि, कुन मामिलामा उनी ईडी अफिस आएका छन् अहिले यो स्पष्ट छैन तर सूत्रहरू अनुसार, चिट फण्ड मामिलामा उनीसित सोधपुछ गरिनेछ।

यसअघि चिटफण्ड मामिलामा कोलकाताको निजाम पेलेसस्थित सीबीआई कार्यालयमा उनीसित सोधपुछ भएको थियो। २०२१ मा सीबीआईले चिटफण्ड मामिलामा पीसी सरकारको घरमा तलाशी पनि लिएको थियो। त्यस समय जाँच एजेन्सीबाट थाहा लागेको थियो कि उनले एउटा रेस्टोरेन्टको निम्ति चिटफण्ड कम्पनीसित बिजनेस डील गरेका थिए। त्यस समय यो पनि थाहा लाग्यो कि चिटफण्ड कम्पनीको साथ अनुबन्ध पनि गरेका थिए। केन्द्रिय एजेन्सीसित यसको दस्तावेज पनि छ।

उल्लेख्य, पीसी सरकारले राजनीतिमा पनि भाग्य अजमाइसकेका छन्। २०१४ को लोकसभा चुनाउमा उनी प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणबाट प्रेरित भएर भाजपाको टिकटमा बारासात निर्वाचन क्षेत्रबाट उम्मेदवार बने। यद्यपि, उनले चुनाउ जित्न सकेनन्। तर पछि उनी सक्रिय राजनीतिमा नजर आए। यद्यपि, २०२२ मा एक साक्षात्कारमा उनले भऩेका थिए, यदि कुनै पार्टीले उनलाई चुनाउ लड्ने भने उनी राजी हुनेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement