गुवाहाटी: आज असम सरकारको प्राथमिक शिक्षा निदेशालय अन्तर्गत २०१६ मा आयोजित छात्रवृत्ति परीक्षामा पात्र पाइएका राज्यका ३३ हजार ४८२ मेधावी छात्रहरूलाई शिक्षा मन्त्री डा. रनोज पेगूले ”मुख्यमन्त्री विशेष छात्रवृत्ति योजना” को राशिको औपचारिक वितरण गरे।
कार्यक्रमपछि सोशल मीडियाको माध्यमले शिक्षा मन्त्री पेगूले भने, उनले उपस्थित विद्यार्थीहरूसित छात्रवृत्तिको धनको उपयोग शैक्षणिक गतिविधिहरूका लागि गर्ने र पढ़ाईमाथि ध्यान दिएर भविष्यमा आफूलाई राम्रो नागरिकको रूपमा स्थापित गर्ने प्रयास गर्ने आग्रह गरे।
यस अवधि शिक्षा मन्त्रीले छात्रहरू, अभिभावकहरूका साथै स्कूल प्रबन्धन एवं शिक्षकहरूलाई पनि धेरै आवश्यक सुझाउ एवं दिशा निर्देश दिए। यस अवसरमा मन्त्री पेगूको साथ मुख्यमन्त्रीका शिक्षा सल्लाहकार प्रोफेसर ननी गोपाल महन्त र अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।









