राज्य सरकारको आवेदनमा हाईकोर्टले आन्दोलनकारीहरूलाई प्रदर्शनको समय सीमा कम गर्न लगायो

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः राज्य सचिवालय नवान्न नजिक सरकारी कर्मचारीहरूको विरोध प्रदर्शन मामिलामा सरकारलाई ठूलो राहत दिइएको छ। शुक्रवार राज्य सरकारको तर्फबाट दर्ता आवेदनमा सुनवाई गरेपछि शुक्रवार मुख्य न्यायाधीश टीएस शिवगणनम र न्यायमूर्ति हिरण्मय भट्टाचार्यको खण्डपीठले भन्यो, नवान्न बस स्ट्याण्डमा ४८ घण्टाको धरना कार्यक्रम आयोजित गर्नसकिन्छ।

शनिवार दिउँसो प्रदर्शन समाप्त गर्नपर्नेछ। आन्दोलनकारीहरूले तीन दिनसम्म लगातार विरोध प्रदर्शनको योजना बनाएका थिए। शुक्रवार सुनवाईमा चीफ जस्टिसले भने, मुख्यमन्त्रीले डीए बढ़ाउने घोषणा गरेकी छन्। त्यसपछि धरना किन ? तब राज्य सरकारका उकील किशोर दत्तले यसबाट आन्दोलनकारी खुशी छैनन् यसैले उनीहरूले रातिदेखि धऱना कार्यक्रम शुरू गरेको बताए।

कलकत्ता उच्च न्यायालयले डीए आन्दोलनकारीहरूलाई राज्य सचिवालय नवान्न बस स्ट्याण्ड नजिक बसेर विरोध प्रदर्शन गर्ने सशर्त अनुमति दिएको थियो। जस्टिस राजशेखर मन्थाले बिहिवार भने, धरना कार्यक्रम ७२ घण्टाभन्दा धेरै हुनसक्दैन। त्यहाँ एक समयमा ३०० भन्दा धेरै मानिसहरू उपस्थित रहनेछैनन्। यसमा राज्य सरकारको तर्फबाट आपत्ति व्यक्त गरिएको थियो, जसमा जजले भने, यदि रेड रोडमा या जहाँ धारा १४४ लागेको छ, त्यहाँ राजनीतिक कार्यक्रम गर्ने अनुमति छ भने सचिवालय सामू किन छैन ?

यसपछि राज्य सरकारको तर्फबाट मुख्य न्यायाधीश शिवगणमको अध्य़क्षता रहेको खण्डपीठमा न्यायमूर्ति मन्थाको आदेशलाई चुनौती दिँदै अपील दर्ता गरिएको थियो। यही याचिकामा शुक्रवार सुनवाई भयो, जसमा कोर्टले आन्दोलनकारीलाई ४८ घण्टाभित्र प्रदर्शन समाप्त गर्नु भनेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement