नयाँ दिल्ली: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमलाई राष्ट्रीय साथै अन्तराष्ट्रीयस्तरमा चिनाउनको निम्ति विभिन्न प्रकारले पहल गर्दै आइरहेका छन्। यसै क्रममा आज उनले भारत सरकारको मन्त्रालयमा नयाँ पोस्टर, व्यानर अन्तर्गत अन्तराष्ट्रीय कार्यक्रम साथै दिल्लीमा हुने राष्ट्रीयस्तरको कार्यक्रममा सिक्किमको उचाइ स्थानमा आउने पर्यटकहरूलाई आकर्षित तुल्याउन पोस्टरले धेरै सहयोग पुग्ने भएको छ। यी सबै पोस्टरको माध्यमद्वारा पर्यटकहरूलाई सिक्किम राज्यको पर्यटकीय स्थलहरूबारे जानकारी गराइने छ।