कोलकाताः २०२४ को लोकसभा चुनाउमा केन्द्रको सत्ताबाट नरेन्द्र मोदी सरकारलाई हटाउन विपक्षले ईन्डी गठबन्धन बनाएको छ। कांग्रेसको साथ पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेस पनि यसको हिस्सा हो। सीट विभाजनलाई लिएर तृणमूलले लगातार दबाउ बनाइरहेछ। पार्टी सुप्रीमो मुख्यमन्त्री ममता ब्यानर्जीले गत मंगलवार दिल्लीमा बसेको बैठकमा दिसम्बर महिनाको अन्तसम्म निर्णय लिने अल्टिमेटम दिएकी छन्। यसबीच बंगालमा तृणमूल र कांग्रेसबीट सीट विभाजनलाई लिएर चर्चा शुरू भएको खबर छ। सूत्रहरू अनुसार, दुवै दलबीच सीट विभाजनलाई लिएर सहमति बन्न सकिरहेको छैन कारण तृणमूलले राज्यको ४२ मध्ये केवल २ लोकसभा सीट गठबन्धऩलाई दिन चाहन्छ भने कांग्रेसले राज्यमा कम्तीमा सात सीटमा चुनाउ लड्न चाहन्छ।
कांग्रेसका एक वरिष्ठ नेताले नाम उजागर नगर्ने शर्तमा भने, मुर्शिदाबादको बहरामपुर, जंगीपुर र मुर्शिदाबाद यी तीन सीटमा कांग्रेसको राम्रो जनाधार छ। यसैले यहाँ चुनाउ लड्न चाहन्छ। यस बाहेक पार्टीले मालदा दक्षिण, मालदा उत्तर, रायगंज र दार्जीलिङमा पनि चुनाउ लड्न चाहन्छ। तृणमूल कांग्रेसलाई यसबारे बताइयो कि यहाँ कांग्रेसको जनाधार ठूलो छ यसैले पार्टीले यहाँ आफ्नो उम्मेदवार उतार्न चाहन्छ। यद्यपि, वाम दलहरूलाई छुट्टै सीट दिने कुरा चलिरहेछ, जसमा दक्षिण २४ परगनाको संसदीय सीटहरू सामेल छ। यद्यपि, तृणमूल अहिले यसमा तयार भइरहेको छैन। पार्टीले स्पष्ट गरेको छ, राज्यमा ४० सीटमै चुनाउ लड्नेछ यसैले दुवै दलबीच सीट विभाजनलाई लिएर सहमति बन्न सकिरहेको छैन।
टीएमसीका एक नेताले भऩे, गठबन्धऩको पहोल शर्त यो छ कि जुन पार्टी जुन राज्यमा जतिको बलियो छ, उसलाई महत्व दिइनुपर्छ। बंगालमा तृणमूल कांग्रेस सामू कांग्रेस र वाम दलहरूको अस्तित्व छैन। पहिलेका चुनाउहरू यो प्रमाणित भइसकेको छ। दुवै दलका शीर्ष नेताले यसमा सहमति बनाउने प्रयास गरिरहेका छन्। कांग्रेसको तर्फबाट दीपा दास मुन्शीले लगातार कुरा गरिरहेकी छन् जबकि तृणमूल कांग्रेसको तर्फबाट सीधा ममता ब्यानर्जीको निर्देशानुसार पार्टीका महासचिव ऱ्याङ्कका नेताहरूले कुरा गरिरहेका छन्।
-हिस









