१५औं रोलु दिवस भव्यरूपमा सफल भएको विकास बस्नेतको दाबी

IMG-20231222-WA0260.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले हिजो २१ दिसम्बरको दिन पार्टीको महत्त्वपूर्ण उत्सव रोलु दिवस बढ़ो हर्सोल्लास र सफलतापूर्वक आयोजन गर्न सफल बनेको प्रमुख समन्वयक, प्रचार-प्रसार शाखा विकास बस्नेतले जानकारी गराएका छन्।

आम जनसाधारणको उर्लिएको भीड़ले १५औं रोलु दिवस अहिलेसम्मकै रेकर्ड जनभेला रहेको उनले आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख बताएका छन्।

उनले भनेका छन्, प्रत्येक समष्टिबाट अपार संख्यामा जनताले सहभागित जनाएको पनि यो पहिलोपल्ट हो। यसको निम्ति एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङ गोलेको तर्फबाट सम्पूर्ण सिक्किमका जनता-जनार्दनप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछ। एसकेएम पार्टीप्रति माया, विश्वास र आस्था राखेर यसपल्ट रोलु दिवसमा जनताले जुन उत्साहका साथ सहभागिता जनाएका थिए, त्यसबाट २०२४ को चुनाउमा एसकेएम पार्टीको निम्ति बलियो जनाधार रहेको उनले बताएका छन्।

एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएमको दोस्रो कार्यकालमा ‘सुनौलो सिक्किम निर्माण’ गर्ने जुन प्रतिबद्धता दर्शाए र उपस्थित जनसमूहले जसरी व्यापक रूपमा ताली बजाएर मुख्यमन्त्रीको बचनबद्धतालाई समर्थन गरे, त्यसले आउँदो चुनाउमा विपक्षीहरूलाई दुःख नगर्ने सुझाउ दिएको उनले दाबी गरेका छन्। एसकेएम पार्टीको सरकारले अहिलेसम्म असंख्यौं जनकल्याणकारी कार्य गरिसकेको छ, जसलाई सिक्किमका एकाध विपक्षी पार्टीहरू बाहेक प्रत्येक जनताले स्पष्टसँग देखिसकेका छन् भन्ने प्रमाण १५औं रोलु दिवसको भेलाले प्रमाणित गरेको बस्नेतले विज्ञप्तिमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement